कठमाडौं, १६ बैशाख । नेपालको राजधानी काठमाडौंमा अहिले धेरै क्यासिनोहरु सञ्चालित छन् । तर, क्यासिनोमा दादागिरी भैरहेको सूत्रहरुले दाबी गरेका छन् ।
हालैमात्रै क्यासिनो माजोङका सञ्चालक र व्यवस्थापक गरी आठ जनाहरुलाई केही दिन अघि प्रहरीले पक्राउ गरेको थियो । उक्त क्यासिनोमा छापा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।
विदेशीलाई मात्रै प्रवेशको अनुमति रहेको क्यासिनोमा नेपालीहरु समेत छिराएर खेलाएको भन्दै प्रहरीले छापा मारी सञ्चालकहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा व्यवस्थापक बिनोद श्रेष्ठ, सञ्चालकहरु ओम आचार्य, विकल्प पोखरेल, शंकर पौडेल, तेन्जिक मेलेक, रञ्जित खड्का, अरुण सेढाई, साङगे पासाङ ठकुरी छन् ।
क्यासिनोमा दादागिरी
अहिले काठमाडौंमा सञ्चालानमा रहेका क्यासिनोहरुमा धेरै विकृति सुरु भएको छ । हुन त क्यासिनोमा नेपालीहरुलाई प्रवेश निषेध गरिएको छ । तर, सञ्चालककै सेटिङमा नेपालीहरुलाई प्रवेश दिईएको छ ।
किशोर सिलवालको सञ्चालनमा काठमाडौंको लाजिम्पाटमा रहेको क्यासिनो ¥याड अहिले त्यस्तै विकृति फैलाउन उद्धत रहेको स्रोतको दाबी छ । प्रहरीले धेरैपटक छापा मारिसक्यो ।
तर, सञ्चालक सिलवालले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलसँग आफ्नो सिधा सम्पर्क रहेको भन्दै छापा हान्न आउने प्रहरीहरुलाई धम्क्याउने गरेको पनि खुलासा भएको छ ।