Logo

ओली-प्रचण्डबीच भेटवार्ता, मिल्न बाँकी विषयमा छलफल



काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तामा पार्टी एकताका बिषयमा छलफल भएको छ ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच एक्ला-एक्लै भएको वार्तामा पार्टी एकतामा मिल्न बाँकी विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

एमाले र माओवादी केन्द्रबीच यही वैशाख ९ गते पार्टी एकीकरण हुने भनिए पनि अन्ततः केही विषय मिल्न बाँकी भन्दै उक्त दिन पार्टी एकता घोषणा हुन सकेन । त्यसपछि दुवै अध्यक्षबीच आज पहिलो पटक भेटवार्ता भएको हो ।



प्रतिक्रिया दिनुहोस्