Logo

सि जिनपिङ र मोदीबीच चिया पिउँदै वार्ता



काठमाडौं, १५ वैशाख। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमणको दोस्रो दिन चिनियाँ राष्ट्रपति सि जिनपिङसँग थुप्रै मुद्दामा कुराकानी गरेका छन् ।

सि र मोदी बुहानमा शहरको इस्ट लेकमा गए । दुबै नेताले डुंगाको सवारी पनि गरे । समाचार एजेन्सी पीटीआईले भारतका विदेश सचिव विजय गोखलेलाई उदृत गर्दै भनेको छ, दुई नेताले आतंकवादलाई साझा खतरा बताएका छन् र यसलाई रोक्न सहयोग बढाउने प्रतिवद्धता पनि जनाएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले सिसँग भेटवार्ता गरेको तस्वीर ट्वीट गर्दै केही जानकारी पनि दिएका छन् । उनले भनेका छन्, ‘राष्ट्रपति सि जिनपिङ र मैले आज विहान पनि विचार विमर्श जारी राख्यौं । वुहानको इस्ट लेकमा टहलिँदै गर्दाको केही तस्वीर । द्वीपक्षीय सम्वन्धका विभिन्न पक्षमा कुराकानी भएको छ ।’

मोदीले अर्को ट्वीटमा लेखेका छन्, ‘चियासँगै सार्थक चर्चा । भारत र चीनको बलियो मित्रता हाम्रो देशका मानिस र विश्वकै लागि फाइदाजनक छ ।’

मोदीका अनुसार दुई देशको सहयोगका विभिन्न क्षेत्रबारे पनि कुराकानी भएको छ । कृषि, प्रविधि, उर्जा र पर्यटनको क्षेत्रबारे पनि दुई नेताबीच कुराकानी भएको छ ।



प्रतिक्रिया दिनुहोस्