काठमाडौं, १६ बैशाख । सम्पूर्ण मानव जगतको कल्याणका लागी काठमाडौंको बिजेश्वरी मन्दिरमा बिशेष पुजा गरिएको छ ।
बिजेश्वरी मन्दिरको गुरुमाता पुनम वाईवाको पहलमा मानव जगतको कल्याणका लागी बिशेष पुजा गरिएको हो ।
बिनाशकारी भूकम्पबाट ज्यान गुमाएकाहरुको आत्माको चिर शान्तिको कामना गर्दे र भविष्यमा हुन सक्ने प्राकृतिक प्रकोपलाई रोक्न पुजा गरिएको हो । सो अबसरमा पुजाका साथै शान्तिपाठ पनि गरिएको थियो ।
काठमाडौँको निलगिरि पर्वतमा रहेको देवी बिजेश्वरीका रूपमा बज्रयान हिन्दु तथा बौद्धधर्मावलम्बीहरुबीच परिचित छिन् । श्रीविद्याधरी, नैरात्मादेवी, बज्रबाराही, बज्रयोगिनी, खड्गयोगिनी गरी पाँच देवीलाई बिजेश्वरी भनिन्छ ।
तस्विर : मुकुन्द कालिकोटे