Logo

प्रचण्डद्धारा सबै दलहरुलाई गोलबन्द हुन आव्हान



काठमाडौं,  १७ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २५६२ औं बुद्ध जयन्ती अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामनामा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता नेपाली समुदायको परिचय बताउनु भएको छ ।

सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुतालाई संरक्षण एवं प्रवद्र्धन गर्दै बुद्ध जयन्तीको अवसरमा देशको आर्थिक समृद्धि र विकासका लागि उहाँले सबै राजनीतिक दलहरुलाई गोलबन्द हुन आव्हान पनि गर्नुभएको छ ।

त्यसैगरी अध्यक्षले किराँत समुदायको पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायमा सुख, शान्ति, समृद्धि र आपसी भाइचाराको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्