Logo

आईपिएल : दिल्ली डेयरडेभिल्सलाई हराउँदै चेन्नई शीर्ष स्थानमा



काठमाडौं, १८ वैशाख । दिल्ली डेयरडेभिल्सलाई हराउँदै चेन्नई सुपरकिङ्स इन्डियन प्रिमियर लिग (आईपिएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति पुनेमा भएको खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनायो । चेन्नईका लागि शेन वाट्सनले ७८ रन तथा कप्तान महेन्द्र सिंह धोनीले अविजित ५१ रन जोडे ।

जवाफमा २१२ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १९८ रनमात्रै बनाउन सक्यो । दिल्लीका रिसभ पन्तले ७९ तथा विजय शंकरले अविजित ५४ रन बनाए पनि टोलीलाई जिताउन भने सकेनन् ।

खेलमा १३ रनले पराजित भएको दिल्ली आईपिएलको अंक तालिकामा ८ खेलबाट ४ अंक जोड्दै पुछारमा छ । समान खेलबाट १२ अंक जोडेको चेन्नई भने तालिकाको शीर्ष स्थानमा छ ।

१२ अंक नैं जोडे पनि रन रेटका आधारमा सनराईजर्स हैदरावाद दोस्रो स्थानमा रहँदा एक खेल कम खेलेको किङ्स इलेभेन पञ्जाब १० अंकसहित तेस्रो स्थानमा छ । आईपिएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंग्लोर र मुम्बई इन्डियन्स भिड्नेछन् । एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्