Logo

ट्रेड युनियनले काँग्रेसलाई डोहो¥याउने बेला आएको छ : गिरी



काठमाडौँ, १८ वैशाख : नेपाली काँग्रेसका नेता प्रदीप गिरीले ट्रेड युनियन काँग्रेसले पार्टीलाई डोहो¥याउने बेला आएको बताउनुभएको छ ।

नेपाल ट्रेड युनियन काँग्रेसले १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “विपी कोइरालाले देखेको सपना पुरा गर्न नसक्दा काँग्रेस संकटमा परेको हो ।”

“विपीको बाटोमा काँग्रेस हिँड्न नसक्दा निर्वाचनमा पराजय भोग्नुप¥यो,” नेता गिरीले भन्नुभयो, “नेपालमा नयाँ भिजन र दृष्टि भएको नेताको खाँचो छ ।”

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसलाई बलियो बनाउन पार्टी र ट्रेड युनियन एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउँदै श्रम बजारलाई विस्तार गरेर विदेशीएको श्रम शक्तिलाई रोक्न ट्रेड युनियन काँग्रेस लाग्नुपर्छ भन्नुभयो ।

उहाँले श्रमिकको पार्टी काँग्रेस भएकाले श्रमिकको पक्षमा पार्टी सँधै काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले मुलुकको समृद्धिका लागि मजदूरको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सरकारले मजदूरलाई वेवास्था गर्न नहुने बताउनुभयो ।

विदेशिएका युवाको हक र अधिकारका लागि नेपाल ट्रेड युनियन काँग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहाल, पूर्व अध्यक्ष पुस्कर आचार्य, वरिष्ठ उपाध्यक्ष रामजी कुँवर, उपाध्यक्ष रमा पौडेल, गणेश निरौला, अयोधीप्रसाद यादवलगायतले पार्टीले ट्रेड युनियनलाई वेवास्था गरेको आरोप लगाउनुभयो ।

समृद्धि आम नागरिक केन्द्रित हुनुपर्दछ

यसैगरी नेता थापाले अस्पताल प्रशासनले तोडफोडका घटनालाई गोप्यरुपमा साम्य पार्ने प्रयास गर्दा स्वास्थ्य क्षेत्रमा समस्या आउने गरेको बताउनुभएको छ ।

ओम अस्पताल कर्मचारी युनियनले १२९ औं श्रमिक दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले स्वास्थ्य ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

नेता थापाले सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्र बलियो नभएसम्म मुलुक समृद्ध हुनै नसक्ने बताउँदै “समृद्धि व्यक्ति विशेषका लागि भन्दा पनि आम नागरिक केन्द्रित हुनुपर्छ,” भन्नुभयो ।

ओम अस्पताल कर्मचारी युनियनका अध्यक्ष केशवप्रसाद चौलागाई, उपाध्यक्ष विक्रम मुडभरी, अग्रज मजदूर नेता राजेन्द्र आचार्य लगायतले टे«ड युनियनलाई समस्याको रुपमा लिने सोच बदल्नुपर्नेमा जोड दिनुभयो । (रासस) 



प्रतिक्रिया दिनुहोस्