Logo

ओली बोलीमा मात्रै होईन अब गोली बराबरको एक्शन गर्ने तयारीमा



काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली अब एक्शनमा जाने तयारीमा छन् । उनी प्रधानमन्त्री भएको करिब तीन महिना बाँकी छ । सरकारको सय दिन पुग्नै लाग्दाखेरि ओली आक्रमक हुने तयारीमा छन् ।

प्रधानमन्त्री भएदेखि उनी यसअघि भाषणमा मात्रै उत्रिएका थिए । उनले पछिल्लो समय जनताले देखिनेगरि राम्रो काम भनेको यातायात क्षेत्रमा व्याप्त रहेको सिण्डिकेट अन्त्यमात्रै हो । तर त्यतिले मात्रै नपुग्ने आम सर्वसाधरणको गुनासो छ ।

सिण्डिकेटजस्तै वर्तमान प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्धमा उनले विश्वास जितेका छन् । उनको भारत भ्रमणपछि नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा सुधारमात्रै होईन, सुमधुरताका संकेतहरु देखिएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली यतिवेला कर्मचारी नियुक्ती, सरुवा तथा बढुवामा पनि आँफै प्रत्यक्ष संलग्न हुन थालेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा निर्वाचनपछि गरेका महत्वपूर्ण नियुक्तीहरु कसरी उल्टाउन सकिन्छ भन्नेमा पनि प्रधानमन्त्री यतिवेला केन्द्रित भएका छन् ।

यही असार २३ गते संसद सुरु हुँदैछ । त्यसपछि बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणमा नेपाल आउँदैछन् । अहिले उनी भ्रमण सफल बनाउनेबारे आन्तरिक तयारीमा जुटेका छन् ।

त्यसपछि जेठ १ गते आउने सरकारको नीति तथा कार्यक्रममा जुट्ने र जेठ १५ गते आर्थिक वर्ष ०७५०७६ को बजेट प्रस्तुत गर्नुपर्ने भएकोले त्यसमा पनि व्यस्त रहने बुझिएको छ । बजेटपछि प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदैछन् ।

दुई तिहाई भन्दा बढिको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले तीन महिना वित्न लाग्दापनि किन काम गर्न सकेनन् भनेर यतिवेला प्रश्नहरु उठ्न थालेका छन् । कतिपयले त प्रधानमन्त्री अझैपनि स्थिर सरकार हुँदैन कि भन्ने चिन्तामा छन् । एमाले–माओवादी केन्द्रबीचको एकतामा देखिएको ढिलासुस्ती र राजपा–फोरम सरकारमा सहभागी हुन आलटाल गरेकोले प्रधानमन्त्री ओलीमा डर छ ।



प्रतिक्रिया दिनुहोस्