Logo

ओली-प्रचण्डबीच छलफल, पार्टी एकता टुँगो लाग्दै



काठमाडौँ, २० वैशाख । एमाले–माओवादी केन्द्रबीच पार्टी एकीकरणका विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता भएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन घण्टा लामो भेटवार्तामा सबै विषय चाँडै टुँगो लगाउने विषयमा छलफल भएको बालुवाटार निकट उच्च स्रोतको दाबी छ ।

चाँडै पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलका अध्यक्षहरुबीचको छलफलमा ठोस के सहमति भयो भन्ने जानकारी नपाइए पनि उनीहरु पुनः छलफलमा बसी सबै विषयको टुङ्गो लगाउने तयारीमा रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

दुवै दलले वैचारिक र सांगठनिक प्रतिवेदन तयार गरी मिल्न बाँकी विषयको टुङ्गो लगाउन अध्यक्षहलाई जिम्मा दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्