कांग्रेस, २० बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निर्वाचित केन्द्रिय सदस्यहरुको बैठक भोलि बस्दैछ । भोलिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनित गर्ने तयारी गरेको स्रोतको दाबी छ ।
सभापति देउवाले भोलिको बैठकमा तीन जना पदाधिकारी मनोनित गर्ने बुझिएको छ । नेता मिन विश्वकर्माले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार भोलिको बैठक बरिष्ठ नेता रामचन्द्र पौडेलले बहिष्कार गरेपनि रोकिनेछैन् ।
देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्ण बहादुर खड्का र सह–महामन्त्रीमा डा. प्रकाशशरण महतलाई मनोनित गर्ने भएका हुन् ।