Logo

सिण्डिकेट अन्त्य गर्ने कागज गरेमात्रै व्यवसायीलाई छाडिने, अटेर गर्नेलाई मुद्दा चलाउन गृहमन्त्रीको निर्देशन



काठमाडौं, २३ वैशाख । आगामी दिनमा हड्ताल नगर्ने कागज गरेमात्रै पक्राउ परेका सिन्डिकेट पक्षधर यातायात व्यवसायीलाई सरकारले छाड्ने भएको छ । सरकारले हड्ताल नगर्ने लिखित प्रतिवद्धता नजनाउनेहरुलाई मुद्दा दर्ता गर्ने चेतावनी  दिएको छ ।

सरकारले सिन्डिकेट हटाएको विरोधमा शुक्रबार देशव्यापी हड्ताल गरेपछि सरकारले यातायात व्यवसायी महासंघका अध्यक्षसहित एक सय बढीलाई पक्राउ गरेको छ ।

आइतबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कागज गराएर मात्र यातायात व्यवसायीहरुलाई रिहा गर्न र नमान्नेहरुलाई मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अगाडि बढाउन देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

शनिबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यसहित ५ पदाधिकारीलाई नियन्त्रणमा लिइएको थियो ।

यसअघि महासंघका महासचिव सरोज सिटौलालाई प्रहरीले रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा भाग लिन आउँदै गर्दा बाटैबाट पक्राउ गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्