Logo

सरकार र यातायात व्यवसायीबीच सहमति



काठमाडौं, २३ बैशाख । सरकारले सिन्डिकेट अन्त्य गर्ने निर्णय गरेको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायी र सरकारबीच आईतबार मध्यरात सहमति भएको छ ।

दुई पक्षबीच भएको सहमतिमा आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको हो । यातायात व्यवसायी सरकारको नीति निर्णय तथा ऐन कानून मान्न तयार भएका छन्।

यातायात मन्त्री रघुवीर महासेठकाे उपस्थितमा आइतबार राति सरकार र राष्ट्रिय यातायात व्यवसायी महासंघका पदाधिकारीबीच यस्तो सहमति भएको हो। सहमतिको विस्तृत जानकारी भोलि (सोमबार) दिउँसो १ बजे संयुक्त पत्रकार सम्मेलन गरेर दिइनेछ।

सरकारले यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर सञ्चालन गर्नुपर्ने व्यवस्थासहितको यातायात कार्यविधि निर्देशिका संशोधन गरेर सार्वजनिक यातायात क्षेत्रमा रहेको सिण्डिकेट अन्त्यको निर्णय गरेपछि व्यवसायीहरु गाडी नचलाएर आन्दोलनमा उत्रिएका थिए।



प्रतिक्रिया दिनुहोस्