Logo

बालबिवाह अन्त्यका लागी बालबालिका अगाडी लाग्ने



दाङ,२५ बैशाख । दाङको घोराही उप महानगरपालिका वडा नम्वर ७ का बालबालिकाहरुले बालबिवाहलाई निर्मूल पार्ने बताएका छन ।

वडा कार्यालयले मंगलवार आज राजपुर,बेसाही र पर्सामा बालक्लव पूर्णगठनका लागी आयोजना गरेको बाल भेलामा बोल्ने बक्ताहरुले बालबिवाहले बृद्धिबिकासमा असर गरेको भन्दै यस्तो प्रतिवद्धता जनाएका हुन ।

बिगतमा जानकारीको अभावमा बालबिवाह गर्न सहयोग गरेको र बिवाह खान समेत जाने गरेको भन्दै अव क्लव मार्फत त्यसलाई निस्तेज पार्ने उनिहरुको भनाई थियो । बेसाही टोल बिकास संस्थाका अध्यक्ष सत्यभामा शाहको अध्यक्षता तथा वडा सदस्य गोमा नेपालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मनिष शाहको अध्यक्षतामा ११ सदस्सीय निस्वार्थ बाल क्लव गठन गरिएको छ ।

क्लवको उपाध्यक्षमा राजेश चौधरी,सचिवमा संगिता चौधरी र कोषाध्यक्षमा सुदिप नेपाली रहनुभएको छ । यस्तै राजपुर टोल बिकास संस्थाका अध्यक्ष शेरबहादुर चौधरीको अध्यक्षता तथा वडा सदस्य छन्दबहादुर केसीको प्रमुख आतिथ्यमा भएको भेलाले निरज वस्नेतको अध्यक्षतामा १३ सदस्सीय सन लाईट बाल क्लव गठन गरेको छ ।

क्लवको उपाध्यक्षमा सम्झना चौधरी,सचिवमा पुष्पा चौधरी र कोषाध्यक्षमा बिवस चौधरी रहनुभएको सामाजिक परिचालक बिमल योगीले जानकारी दिनुभयो ।

यस्तै पर्सा शिव टोल बिकास संस्थाका अध्यक्ष अमरराज डागीको अध्यक्षतामा सम्पन्न बालबालिकाको भेलाले दिपेश चौधरीको अध्यक्षतामा ११ सदस्सीय कोपिला बाल क्लव गठन गरेको छ । क्लवको उपाध्यक्षमा निर्मला बि.क.,सचिवमा तिलक पुन र कोषाध्यक्षमा सविना श्रेष्ठ रहनुभएको छ ।



प्रतिक्रिया दिनुहोस्