Logo

चित्रबहादुरले फेरि दोहोर्याए : नेपालमा संघीयता सफल हुन सक्दैन



कपिलबस्तु, बैशाख २६ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीले आर्थिक बिपन्नता र भौगोलिक बिकटताले जटिल अवस्थामा रहेको नेपालले संघीयता थेग्न नसक्ने बताएका छन् ।

उनले मुलुकको आर्थिक अवस्थालाई ध्यान नदिई लादिएको संघीयताले चरम आर्थिक संकट निम्त्याउने जिकिर समेत गरेका छन् ।

राष्ट्रिय जनमोर्चा कपिलबस्तुको छैठौं जिल्ला सम्मेलनलाई मंगलबार तौलिहवामा संवोधन गर्दै वर्तमान संघीय व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुन नसक्ने समेत बताए ।

‘यो व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुनै सक्दैनन्’, अध्यक्ष केसीले भने, ‘जनताका आधारभुत आवश्यकता परिपुर्तिका लागी देशमा अझै ठूलो क्रान्ति गर्नुपर्ने आवश्यकता छ ।’

राष्ट्रिय जनमोर्चा संघीय प्रणालीको विरोधी नभएको अध्यक्ष केसीले बताए । ‘संघीयता एउटा प्रणाली हो । हामी त्यो प्रणालीकै विरोधी होइनौं । बिकासिल मुलुकमा त्यो प्रणाली सफल भएको छ, तर नेपालमा त्यो सफल हुन सक्दैन’, उनले भने–‘संघीयता नेपालको आर्थिक अवस्थाले धान्न सक्दैन । संघीयता नेपाली जनताको आवश्यकता र माग दुवै होइन ।’



प्रतिक्रिया दिनुहोस्