Logo

काठमाडौंमा अन्र्तराष्ट्रिय सार्वजनिक क्षेत्र सम्मेलन हुँदै



काठमाडौं, २६ बैशाख । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले यही मे ११ देखि मे १३ सम्म तीन दिने अन्र्तराष्ट्रिय सार्वजनिक क्षेत्र सम्मेलन गर्ने भएको छ ।

संस्थाले बुधबार एक पत्रकार सम्मेलन गर्दै उक्त सम्मेलनबारे जानकारी गराएको हो । उक्त संस्था कापा () को सदस्य समेत रहेकोले नेपालको सार्वजनिक वित्त व्यवस्थापनलाई सवलीकरण गर्नमा लेखा व्यावसायीहरुको भूमिकाको महत्वलाई दृष्टिगत गर्दै काठमाडौंको दरबारमार्गस्थित् होटेल याक एण्ड यतिमा उक्तसम्मेलन गर्न लागेको जनाएको हो ।

आयोजक संस्थाका अनुसार उक्त सम्मेलनमा २३ राष्ट्रका प्रतिनिधिहरुले सहभागी जनाउनेछन् । सम्मेलनको उद्धघाट्न नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले गर्ने संस्थाका अध्यक्ष सिए प्रकाशजंग थापाले जानकारी दिए ।

तस्विर : नेत्र विक्रम विमली



प्रतिक्रिया दिनुहोस्