काठमाडौं, २६ वैशाख । सरकारले मंगलबारको हावाहुरीबाट मृत्यु भएकाको परिवारलाई सरकारले १ लाख रुपैयाँ राहत दिने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले हावाहुरीबाट घर क्षति भएकाहरुलाई आवासको व्यवस्था गर्न तत्काल २ वण्डल जस्तापाताको व्यवस्था गर्ने पनि निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
यी सबै प्राकृतिक प्रकोप पीडितहरुलाई राहत वितरणका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्दार तथा राहत कोषबाट गृह मन्त्रालय मातहतको केन्द्रीय दैवीप्रकोप उद्दार समितिमा १ अर्ब रुपैयाँ निकासा दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।