Logo

मोदीले ओलीलाई भने-‘मेरा भाइसाब’, ओलीले भने-‘मेरा मित्र’



वैशाख २८, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा पाएको स्वागतका लागि आभार प्रकट गरेका छन् । जनकपुर अयोध्या बस सेवा सुरु गर्ने क्रममा भारतीय मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीलाई ‘मेरे भाइसाब’ भन्दै आफ्नो स्वागतका लागि जनकपुर
आएकोमा खुसी व्यक्त गरेका हुन् ।

उनले जनकपुरमा आफूले पाएको सम्मान सिंगो भारतबासीका लागि भएको बताए । प्रधानमन्त्री ओलीले पनि मोदीसँग सिंगो प्रतिनिधिमण्डललाई स्वागत गरे । अहिले पनि अयोध्याबाट रामको जन्ती आउने र जानकीलाई विदाइ गर्ने प्रचलन अझै रहेको भन्दै भने, ‘आज त्यस परम्पराको सिलसिलालाई माथि उठाउन मोदीजी आउनु भएको छ । यसले हामी दुई देशका बीचको परम्परागत मैत्री सम्वन्ध, सास्कृतिक सम्वन्धलाई प्रतिविम्वित गर्छ ।’

संक्षिप्त सम्बोधनका क्रममा मोदीले क्रममा राजा जनक र ‘जानकी माता’को दर्शनको प्रबन्ध मिलाएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए ।

‘एकादशीको यो अवसरमा माता जानकीको दर्शन गर्न पाँउदा म अत्यन्त खुसी छु । भारतीय प्रधानमन्त्रीको हैसियतले पहिलो पटक माता जानकीको दर्शन गर्न पाउँदा खुसी छु,’ मोदीले भने ।

यसको राम्रो प्रबन्ध मिलाइदिनु भएकोमा ‘मेरा भाइसाब’ प्रधानमन्त्री ‘कोली’ (ओली)जी, केन्द्र सरकार, राज्य सरकार, नगर सरकार र सबै उपस्थित जनतालाई धन्यवाद दिन चाहन्छु ।’ मोदीको भनाई थियो ।

जनकपुरधामस्थित जानकी मन्दिरमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले सम्पूर्ण नेपाली खुशी भएको बताएका छन् ।

मोदीको जानकी मन्दिरमा पूजापछि सम्बोधन गर्दै ओलीले जनकपुरधामको एतिहासिकताबारे चर्चा गरेका थिए । जनकपुरधाम जस्तो पावन भूमिमा मोदीको स्वागत गर्न पाउँदा सम्पूर्ण जनकपुरबासी तथा सम्पूर्ण नेपाली खुशी भएको बताएका ओलीले बताए ।

भारत र नेपालको पौराणिक सम्बन्धबारे ओलीले चर्चा गर्दै मोदीलाई नागरिक अभिनन्दन गर्न पाउँदा आफु निकै खुशी भएको बताए ।



प्रतिक्रिया दिनुहोस्