Logo

नागरिक अभिनन्दनमा नेपाली फोटो पत्रकारलाई रोक



काठमाडौं, २९ बैशाख ।  नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौं महानगरपालिकाले गर्ने नागरिक अभिनन्दनमा नेपाली फोटो पत्रकारलाई रोक लगाएको छ।

साढे तीन बजे काठमाडौंको सभागृहमा हुने नागरिक अभिनन्दन कार्यक्रममा भारतीय मिडियाकर्मीलाई मात्र प्रवेश दिइएको छ। नेपाली फोटो पत्रकारहरूले गेटबाटै सुरक्षाकर्मीले रोकेपछि उनीहरू फर्किएका छन्।

राष्ट्रियसभा गृहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गरिने नागरिक अभिनन्दनको समाचार संकलन गर्न पाससहित पुगेका नेपाली मिडियालाई बाहिर निकालिएको छ।



प्रतिक्रिया दिनुहोस्