Logo

काठमाडौं हिमालयको काखमा बसेको अनमोल रत्न हो : मोदी



काठमाडौं, २९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं हिमालयको काखमा बसेको एउटा अनमोल रत्न भएको बताएका छन् ।

उनले भने,‘मलाई काठमाडौंलाई जहिलेपनि आकर्षित गरेको छ, हिमालयको काखमा बसेको यो एउटा अनमोल रत्न हो । यतिमात्रै होईन, यो एउटा दिव्य भव्य महल हो । नेपालको महान विरासत हो ।’

मोदीले समय मिलएर लुम्बिनी जाने बताएका छन् । काठमाडौंमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा मोदीले सुरुको दुई नेपाल भ्रमणमा पशुपतिनाथको दर्शन गरेको र यो पटक जनकपुर र मुक्तिनाथ गएको बताए ।

उनले भने, ‘अब समय मिएर बुद्धको जन्मभूमि लुम्बिनी जान्छु ।’  मोदीले नेपालले शस्त्रलाई तोडेर स्नेहलाई जोडेको बताएका छन्। उनले काठमाडौं पवित्र धर्ती भएको र आफूलाई यसलाई जहिल्यै आकर्षित गर्ने गरेको बताए।

काठमाडौँलाई हिमालको काखमा बसेको एक दिव्‍य भव्य महलको उपमा दिँदै मोदीले यो हिमालको रत्‍न भएको बताए। हजारौँ मन्दिर र बौद्ध विहारले काठमाडौँको सौन्दर्य बढाएको चर्चा गर्दै उनले यहाँको हावामा धेरै परम्पराको चन्दनको रोली भएको उल्लेख गरे। गंगाको तटमा काशी विश्‍वनाथ र बागमतिमा पशुपतिनाथ भएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले नेपाल र भारतबीच हजारौँ वर्षको साझा विरासत भएको उल्लेख गरे।

उनले नेपालमा आशा, उज्वल, भविष्य र सुखी नेपालीको भिजन भएको र नेपालीले यसलाई बनाउन सक्ने बताए। उनले रेल र हाइड्रोपावरमा सहयोग गर्न भारत सदैव तयार रहेको बताए।



प्रतिक्रिया दिनुहोस्