Logo

भरतपुरस्थित भाटभटेनी सुपर मार्केटमा बम बिस्फोट



वैशाख ३०, काठमाण्डौ । चितवनको भरतपुरस्थित भाटभटेनी सुपर मार्केटमा बम विस्फोट भएको छ ।

आज विहान ३ः४५ बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रीनेड बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिएका छन् ।

बम विस्फोट गराउनेको पहिचान भईसकेको र खोजी कार्य तिव्र पारिएको प्रहरीको दाबी छ ।

सिसि टिभीको फुटेजबाट मोटरसाईकलमा आएका दुई मध्ये एक जनाको पहिचान भईसकेको चितवन प्रहरीको दाबी छ ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले बम विष्फोट गराएको आशंका गरिएको छ ।

ग्रीनेड बमले भाटभटेनीको पूर्व पट्टि क्षति भएको छ ।



प्रतिक्रिया दिनुहोस्