Logo

देउवालाई मोदीको सान्तवना : चुनाव हार्दैमा नआत्तिनुहोस्



काठमाडौं, ३० वैशाख । दुई दिने नेपाल भ्रमणको क्रममा हिजो स्वदेश फर्किनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुबीच भेटवार्ता भएको थियो ।

मोदीले कांग्रेसका नेताहरूसँग सामूहिक भेटवार्ता गरेका थिए । मोदीले कांग्रेसले निर्वाचनमा व्यहोरेको हारप्रति लक्षित गर्दै चुनाव हार्दैमा आँत्तिन नहुने सुझाव दिएको स्रोतको दाबी छ ।

भेटमा सभापति देउवाले नेपाल भ्रमण गरेकोमा मोदीलाई धन्यवाद दिएको र मोदीले नेपाल भ्रमण सफल भएकोमा खुसी व्यक्त गरेका थिए ।

मोदीले दुबै देशको साझा उद्देश्य विकास भएको उल्लेख गर्दै आपसमा हुने भ्रमणले एक–अर्काको विकासबारे जानकारी हुने भएकाले प्रदेश र स्थानीय सरकारस्तरका भ्रमण पनि हुनु पर्ने बताएका थिए ।

मोदीसँगको भेटमा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव र नेताहरू विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला र प्रकाशशरण महत उपस्थित थिए।



प्रतिक्रिया दिनुहोस्