Logo

देशको अर्थतन्त्र ठेकेदार र सिन्डीकेटवालाको हातमा छ : थापा



वैशाख ३१, काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापाले देशको अर्थतन्त्र माफिया, ठेकेदार, तस्कर र सिन्डीकेटवालाको हातमा रहेको बताएका छन्

कास्कीमा पत्रकाहरुसँग कुरा गर्दै मन्त्री थापाले सरकारले सबै क्षेत्रमा हस्तक्षेप नगरेसम्म सुशासन, विकास, समृद्धि र शान्ति सुरक्षा कमजोर नै रहिरहने जिकिर गरे ।

देशको विकासको लागि यस्ता प्रवृत्तिको अन्त्य अपरिहार्य भएको भन्दै उनले सरकारले आवश्यक कदम चालेको दाबी गरे । बेथिति, अनियमितता, सबै क्षेत्रको तस्करी, कालोबजारी, लागुऔषधको पूर्ण नियन्त्रण र मदिराको व्यवस्थापन नभएसम्म विकास, समृद्धि र शान्ति सुरक्षा हुन नसक्ने थापाले बताए ।

विकास र समृद्धिको एउटा आधार सुशासन, शान्ति र स्थायित्वलाई महत्व दिएर सरकार अघि बढेको उनको भनाई थियो ।

फरक प्रसंगमा गृहमन्त्री थापाले मुलुकमा जाति, धर्म, क्षेत्रको नाममा अस्थिरता ल्याउने तत्वलाई नियन्त्रण र निस्तेज गर्न सरकार प्रतिवद्ध रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्