Logo

खाद्यान्नमा आत्मनिर्भर बन्न किसानमुखी नीति ल्याइने



विराटनगर, ३१ वैशाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यस क्षेत्रको कृषि उत्पादन वृद्धि र खाद्यान्नमा आत्मनिर्भर बन्न सरकारले किसानमुखी नीति ल्याउने बताउनुभएको छ ।

ताप्लेजुङ उद्योग वाणिज्य संघ र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) द्वारा आज यहाँ आयोजित ‘कृषि मूल्य शृङ्खला विकास, अवसर र चुनौती’ विषयको छलफल कार्यक्रममा उहाँले सरकार कृषिसम्बन्धी योजना अघि बढाउने क्रममा रहेको जानकारी दिनुभयो ।

उद्योग वाणिज्य संघ ताप्लेजुङका सचिव भीष्मराज बरालले कृषकले राम्रो परिमाणमा अलँैची उत्पादन गरे पनि उचित व्यस्थापन हुन नसक्दा समस्या देखिएको जानकारी दिनुभयो । कार्यक्रमका सहभागीले विद्यालयमा अलैँचीसम्बन्धी पाठ्यक्रम बनाएर दक्ष जनशक्ति उत्पादनु गर्नुपर्नेमा जोड दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्