Logo

कसैले दुविधा नराखे हुन्छ, पार्टी एकता हुन्छ : पाण्डे



जेठ १, काठमाण्डौ । एकीकरण प्रक्रियामा रहेका नेकपा एमाले– नेकपा माओवादी केन्द्रबीच अविश्वासको वातावरण चुलिएको छ । कतिपयले त अघोषित रुपमा एकता प्रक्रिया स्थगित नै भएको बताउन थालेका छन् ।

एमाले र माओवादीबीचको असमझदारी झांगिँदै जाँदा दुवै पक्षबाट तिक्त अभिव्यक्ति सार्वजनिक हुन थालेको र दुई पार्टीका अध्यक्षबीचको बैठक पनि पातलिँदै गएको छ ।

नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले भने एकता प्रक्रियामा कुनै समस्या नरहेको जिकिर गरेका छन् ।

“कुरा मिलाउन समय लागेको मात्रै हो । तर पार्टी एकता भएरै छाड्छ । नेकपा एमाले र माओवादी मुलुकको हितको निम्ती एकता गरेर समृद्धिको यात्रामा अघि बढ्छ ।” पाण्डेले भने ।

केही नेताहरुलाई आफ्नो पोजिसनको चिन्ता भइरहेको भन्दै उनले मुलुकको हितको निम्ती पार्टी एकता गरेरै छाड्ने उनल बताए ।

“कसैले दुविधा नराखे हुन्छ । पार्टी एकता हुन्छ ।” उनले भने ।

सरकार संचालन, मोदी भ्रमण, बजेट, सचिव सरुवा लगायतका विषयमा माओवादीले असन्तुष्टी व्यक्त गरेकाले पनि एकता प्रक्रिया प्रभावित भएको बताइरहँदा पाण्डेले भने एकता भएरै छाड्ने दाबी गरे ।

“यि कुरा गौण विषय हुन् । मुलुकको हितका लागि मात्रै सोचेका छौँ । झिनामसिना कुराले पार्टी एकता रोकिदैन ।” पाण्डेले भने ।

पाण्डेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले अविश्वासको वातावरण अन्त्य भएको दाबी गरे ।

नेपालका प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण र भारतका प्रम मोदीको भ्रमणले सम्बन्ध थप मजबुत बनेको उनको तर्क छ ।

मोदीको भ्रमणका क्रममा केही कमजोरी भएको आरोप लगाउँदै पाण्डेले झण्डाको आकार बिगारिएको र मुख्यमन्त्रीले दिएका अभिव्यक्ति आपत्तिजनक भएको बताए ।



प्रतिक्रिया दिनुहोस्