Logo

अरुण तेस्रो शिलान्यासमा उर्जामन्त्री नबोलाएकोमा प्रधानमन्त्रीद्धारा आत्मालोचना, माओवादी मन्त्रीहरुको आक्रमक प्रस्तुति !



काठमाडौं, १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमण सम्पन्न भएको दुई दिन वितिसक्दापनि अहिलेसम्म नेपालमा उनकै भ्रमणबारे चर्चा तथा परिचर्चा भैरहेको छ ।

खासगरि प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनलाई वाइपास गरेर अरुण तेश्रोको शिलन्यास गरेपछि यसबारेमा अहिलेसम्म चर्चा भएको हो ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको यस्तो कदमको कडा आपत्ति जनाएपछि विवाद उत्कर्षमा पुगेको थियो । तर, हिजो साँझ बसेको क्याविनेटमा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले यसबारेमा प्रश्न र गुनासो राखेपछि प्रधानमन्त्री ओलीले गल्ती भएको भन्दै आत्मालोचना गरेको स्रोतको दाबी छ ।

सोमबारको मन्त्रिपरिषद बैठकमा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले एकै स्वरमा उक्त कदमको विरोध जनाएका थिए । स्रोतका अनुसार बैठकमा माओवादी केन्द्रका मन्त्रीहरु प्रधानमन्त्रीसामू आक्रमक रुपमा प्रस्तुत भएका थिए ।

मन्त्री पुनले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै ओलीको कदमबारे जानकारी गराएका थिए । उनले अध्यक्ष प्रचण्डलाई ओलीसँग सरकार सञ्चालनबारे फाईनल कुरा गर्न समेत आग्रह गरेको खबर बाहिर आएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको दोस्रो दिन काठमाडौंको द्धारिकाज होटेलमा उक्त आयोजनाको शिलन्यास भएको थियो। उर्जा सचिव र सिचाईं सचिवलाई कार्यक्रममा बोलाइएपनि मन्त्री पुनलाई भने खबर गरिएको थिएन् । ओली र परराष्टमन्त्री ज्ञवालीले जानीजानी आफूलाई वाईपास गरेको मन्त्री पुनको पार्टीभित्र गुनासो छ ।

आयोजना शिलन्यास अघि दुई देशका प्रतिनिधिण्डलको संयुक्त वार्तामा समेत मन्त्री पुनलाई समावेश गरिएको थिएन। वार्तामा नेपालका २१ र भारतका ११ जना प्रतिनिधि सहभागी थिए। त्यसमा पनि दुई सचिव सहभागी भए मन्त्रीलाई थाहै दिईएन। ।

त्यतिमात्रै नभए, प्रधानमन्त्री ओलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई समेत प्रतिनिधि मण्डलको वार्तामा सहभागी गराएनन् । माओवादीले यसबारेमा ओलीसँग गम्भिर छलफल गर्ने तय भएको छ । स्रोतको अनुसार प्रचण्डले ओलीलाई भेटेर छिट्टै यसबारेमा ध्यानाकार्षण गराउने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्