Logo

संगठनमा १६ औँ नम्बरका नेम्वाङ संगठनमा चौँथो नम्बरमा



जेठ १, काठमाण्डौ । नेकपा एमालेले पार्टी संगठन र संसदीय फाँटमा नेताहरुको बरियता निर्धारण गरेको छ ।
एमालेले पार्टी संगठन र ससंदीय फाँटको छुट्टाटुट्टै वरियाता बनाएको हो । नयाँ वरियाताअनुसार एउटै नेताको वरियता पार्टी संगठन र संसदीय फाँटमा फरक फरक छ ।

पार्टी स्थायी कमिटीमा १६ औं नम्बरको बरियतामा रहेका सुवास नेम्वाङ संसदीय दलमा भने चौथो नम्बरमा रहेका छन् ।

संगठनमा १६ आँै नम्बरमा र रहेका पूर्व सभामुख सुवास नेम्वाङलाई संसदीय दलमा चौथो नम्बर ल्याइएको छ ।

एमाले संसदीय दलको बैठकको माइन्युटमा उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलभन्दा नेम्वाङ माथिल्लो बरियतामा छन् । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली र बरिष्ठ नेताद्धय झलनाथ खनाल तथा माधव नेपालपछि सुवास नेम्वाङको बरियता कायम भएको छ ।

संसदीय फाँटमा दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक पदाधिकारी मानिने भएकाले पार्टी र दलको बरियताक्रम फरक फरक बनाइएको एमालेले जनाएको छ ।

एमाले संसदीय दलको बरियतामा उपनेता नेम्वाङपछि उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल, घनश्याम भुसाल, सचिवहरु प्रदिप ज्ञवाली, गोकर्ण विष्ट र योगेश भट्टराई छन् ।

त्यसपछि स्थायी कमिटी सदस्यहरु मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे र छबिलाल विश्वकर्माको बरियता कायम गरिएको छ ।

स्थायी कमिटी सदस्यहरुपछि प्रमुख सचेतक खगराज अधिकारी र सचेतक शान्ता चौधरी १५ औं र १६ औं नम्बर बरियतामा छन् ।

बाँकी सांसदहरुको बरियताक्रम भने वर्णानुक्रम अनुसार राखिएको छ । एमालेका प्रतिनिधिसभामा १२१ र राष्ट्रियसभामा २७ सांसद छन् ।

एमालेले प्रतिनिधिसभाको सिट निर्धारण गर्दा पनि सोही अनुसार मिलाएको छ । पहिलो लहरमा क्रमशः झलनाथ खनाल, माधव नेपाल, बिष्णु पौडेल र सुवास नेम्वाङ बस्ने गरेका छन् । यसअघि ओली प्रधानमन्त्री हुनुपूर्व ओली, खनाल, नेपाल, पोखरेल र नेम्वाङ पहिलो लहरमा बस्ने गरेका थिए ।

संसद सचिवालयले नै पूर्वसभामुखलाई अघिल्लो लहरमा बस्ने व्यवस्था मिलाएको छ ।
एमाले पार्टीमा भने ओलीपछि क्रमशः झलनाथ खनाल, माधव नेपालको बरियता तोकिएको छ । उपाध्यक्षहरु बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावलको बरियता निर्धारण गरिएको छ भने महासचिव ईश्वर पोखरेलपछि उपमहासचिव बिष्णु पौडेल र घनश्याम भुसालको बरियता छ ।

सचिवहरुमा क्रमशः प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, गोकर्ण बिष्ट र योगेश भट्टराईको बरियताक्रम निर्धारण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्