Logo

देउवाले धोका दिएपछि गच्छदार नयाँ गुट बनाउँदै



काठमाडौं, २ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला सभापति शेरबहादुर देउवा र नेता विजय कुमार गच्छदारबीच मनमुटाव बढेको छ ।

स्रोतका अनुसार देउवाले पदाधिकारी मनोनित गर्दा आफूलाई कुनै वास्ता नगरेको भन्दै नेता गच्छदार रुष्ट बनेका छन् । कांग्रेससँग पार्टी एकता गर्नुअघि नै देउवा र गच्छदारबीच उपसभापति गच्छदारलाई दिनेबारे सहमति भएको थियो ।

तर सभापति देउवाले गच्छदारलाई उपसभापति बनाएनन् । देउवाले पार्टीका विधानले गर्दा उपसभापति बनाउन सकिएन भन्दै गच्छदारलाई थमथमाएका छन् । तर कांग्रेस नेताहरुले सभापतिको तर्कमा दम नभएको बताएका छन् ।

गच्छदारलाई उपसभापति बनाउनको लागि विधानले छेक्दैन् । आफू निकटका नेतााहरुसँग देउवाले आफूलाई धोका दिएको भन्दै गच्छदार यतिवेला नयाँ गुट बनाउनको व्यस्त छन् ।

पार्टी एकता गर्नुअघि देउवाले गच्छदारलाई उपसभापति र उनका पार्टीका नेताहरुलाई २१ केन्द्रिय सदस्य दिने सहमति गरेका थिए । देउवाले वचन दिए अनुसार अहिले काम नगरेको गच्छदारको गुनासो छ ।

पदाधिकारी मनोनितपछि देउवा र गच्छदारबीच राम्रो सम्बन्ध नरहेको कांग्रेस नेताहरुले बताउन थालेका छन् । गच्छदार पार्टीभित्र अहिले नयाँ गुट बनाउनेगरि सक्रिय छन् । उनले यो बीचमा बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालासँग नियमति छलफल तथा वार्ता गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्