Logo

झण्डै आधा किलोग्राम सुनसहित दुई भारतीय पक्राउ



भीमदत्तनगर, २ जेठ : कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले आज बिहान पश्चिमी नाकामा ४९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको हरियाणाका जीतेन्द्र सैनी र सुरेशकुमार रहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख मदन दाहालले भन्सारको टोलीले सुनसहित भारतीय नागरिक पक्राउ गरेको र ती अभियुक्तलाई भन्सार ऐन–२०६४ अनुसार कारबाही गरिने बताउनुभयो ।

काठमाडौँबाट गड्डाचौकी हुँदै भारतीय नम्बर प्लेटको एच आर १२ एच ०००६ नं को जिपमा भारततर्फ जाँदै गर्दा भन्सार टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियोे ।

प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तले सुन काठमाडौँंबाट खरिद गरेर ल्याएको प्रारम्भिक बयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्