Logo

एकताको खुशीयालीमा ओली-प्रचण्डद्धारा बालुवाटारमा वृक्षारोपण



काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वृक्षारोपण गरेका छन् ।

मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकताको खुशीयालीमा दुवै नेताले वृक्षारोपण गरेका हुन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले एक–एकवटा जीनको वाइलोवा नामको बिरुवा रोपेका हुन् । यो विश्वकै पुरानो वनस्पति मानिन्छ ।

पार्टी एकता संयोजन समितिका अन्य नेताहरुले पनि विभिन्न फलफूल तथा जडिबुटीका बिरुवा रोपेका छन् ।



प्रतिक्रिया दिनुहोस्