Logo

नेकपासँग मिल्दा हामीलाई तत्काल कुनै फाइदा छैन : केसी



जेठ ४, काठमाण्डौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले र माओवादी मिलेर बनेको नयाँ दलमा आफूहरु नजाने स्पष्ट पारेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एकता घोषणा कार्यक्रममा अध्यक्ष केपी ओलीले स–साना कम्युनिष्ट दललाई पनि एकतामा आउन आग्रह गरेका थिए ।

तर केसील चुनावमा कार्यगत एकता भएको स्मपरण गराउँदै अहिले एकता भने सम्भव नभएको बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै केसीले एकता हुनका लागि धेरै कुरा मिल्नुपर्ने तर अहिले मिल्न सक्ने अवस्था नरहेको बताए ।

नेकपासँग मिल्दा तत्काल कुनै फाइदा नहुने केसीको तर्क छ । “अलग बस्नुको पनि कारण होला नि । नेकपासँग मिसिदा के फाइदा हुन्छ र ? अहिले पार्टी एकता हुन सक्दैन ।” उनले भने ।

नेकपा एमाले र माओवादीबीच एकता भएर नयाँ पार्टी दल गठन भएकोमा केसीले स्वागत गरे । आगामी दिनमा दुई दलको एकताले देश विकास हुने अपेक्षा केसीले गरे ।



प्रतिक्रिया दिनुहोस्