Logo

एकता घोषणामा एमाले–माओवादीका धेरै नेता अनुपस्थित्, भीम रावल, घनश्याम भुषाल र भीम आचार्यपनि गएनन् !



काठमाडौं, ४ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बृहत्त पार्टी एकता घोषणा सभामा दुवै पार्टीका प्रभावशाली नेता तथा सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु नै उपस्थित् भएनन् ।

स्रोतका अनुसार एमाले बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल एकताप्रति सन्तुष्ट नभएकै कारण हिजोको घोषणा सभामा नआएका हुन् । उनी यतिवेला व्यक्तिगत कामको शिलशिलामा चीनमा व्यस्त छन् । तर उनी सुरुदेखि नै दुई पार्टीबीचको एकताप्रति त्यति सन्तोष देखिएका थिएनन् ।

हिजोको एकता घोषणामा खनालमात्रै होईन, एमालेका थुप्रै प्रभावशाली नेताहरुले कार्यक्रम नै बहिष्कार गरेको स्रोतको दाबी छ । एकताप्रति असन्तुष्ट एमाले नेताहरु हिजोका एकता घोषणामा नदेखिनुले ठूलो अर्थ राखेको एक नेताले जनाए ।

पार्टीका उपाध्यक्ष भीम राव, उपमहासचिव घनश्याम भुषाल, सचिव भीम आचार्य र केन्द्रिय सदस्यहरु पनि हिजोको कार्यक्रममा गएनन् । पछिल्लो समय भीम रावल प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट छन् ।

एमालेकै मन्त्रीहरु रविन्द्र अधिकारी र रघुवीर महासेठ पनि हिजोको बृहत्त एकता घोषणा सभामा अनुपस्थित् भए ।

उता माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी पनि हिजोको कार्यक्रममा गएनन् । ओली नेतृत्वको सरकारका मन्त्रीहरु चक्रपाणि खनाल र शक्ति बस्नेत पनि गएनन् । माओवादी केन्द्रका प्रभावशाली नेता अमिक शेरचन पनि हिजोको कार्यक्रममा आएनन् । अहिले उनीहरु किन आएनन भन्नेबारे चर्चा तथा परिचर्चा भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्