Logo

मलेसिया र सिङगापुरका प्रधानमन्त्रीबीच भेटवार्ता



क्वालालम्पुर, ५ जेठ / सिङगापुरका प्रधानमन्त्री लि हसेन लुङले मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहमदसँग शनिबार भेटवार्ता गर्नुभएको छ ।

लिको मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकसँग सुमधुर सम्वन्ध रहेको थियो । दुई देशको दुई पक्षीय फाइदाका लागि मिलेर काम गर्न चाहेको लिले महाथिरसँग बताउनुभएको थियो ।

दुई पक्षीय वार्ता झण्डै ३० मिनेट चलेको प्रधानमन्त्री महाथिरले आफ्नो ट्वीटर एकाउन्टमा लेख्नुभएको छ । उहाँकाबीचमा दुई पक्षीय सम्वन्धका साथै क्वालालम्पुरदेखि सिङगापुरसम्मको तिव्रगतिको रेलसेवाका बारेमा समेत कुराकानी भएको बताइएको छ ।

प्रधानमन्त्रीसँगको भेटवार्तापछि लिले मलेसियाका अर्का प्रभावशाली नेता अन्बार इब्राहिम र उहाँकी श्रीमती तथा उपप्रधानमन्त्री वान अजिज वान इस्माइलसँग पुत्राजयामा भेटवार्ता गर्नुुभएको छ । (रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्