Logo

विमानको ब्ल्याक्स बक्स भेटियो



जेठ ६ । क्युबाको हवाना विमानास्थल नजिकै भएको दुर्घटना भएको विमानमा ब्ल्याक बक्स भेटिएको छ ।

बोइंग ७३७–२०१ शुक्रबार हवानास्थित विमानस्थलबाट उडेलगत्तै दुर्घटना भएका थियो जसमा तीनजना महिला यात्रु मात्रै बाँच्न सफल भएका छन् भने अन्य सयभन्दा बढीको ज्यान गएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार विमानस्थल नजिकैको खेतमा खस्नुअघि नै विमानमा आगो लागिसकेको थियो ।

सरकारी टेलिभिजनमा कुरा गर्दै क्युबाका यातायातमन्त्रीले फ्लाइट डेटा रेकर्डर फेला पर्नु दुर्घटनाग्रस्त विमानको अनुसन्धानमा महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

अधिकारीहरूले एउटा ब्ल्याक बक्स फेला पारेका छन् जसमा महत्त्वपूर्ण तथ्याङ्क र विमानमा के भएको थियो भन्ने जानकारी समेटिएको छ ।

क्युबाली यातायातमन्त्रीले उक्त उपकरण सही अवस्थामा रहेको र सुरक्षित राखिएको पनि जनाएका छन् ।

उनले दुर्घटनाको कारण पत्ता लगाउन अहोरात्र खटिरहेका प्राविधिकहरूको पनि प्रंशसा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्