Logo

प्यालेष्टिनी नेताको एक हप्तामा तेस्रो पटक स्वास्थ्य परीक्षण



रामल्ला, प्यालेष्टाइन, ७ जेठ / प्यालेष्टिनी राष्ट्रपति मोहम्मद अब्बासको आइतबारसँगै यो हप्तामा तेस्रो पटक स्वास्थ्य परीक्षण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

उहाँको परीक्षणबाट स्वस्थ्य अवस्था राम्रो रहेको रिपोर्ट प्राप्त भएको प्यालेष्टिनी न्यूज एजेन्सी वाफाले अस्पतालका अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ ।

बयासी बर्षीय नेताको गत मङ्गलबार कानको शल्यक्रिया भएको थियो । उहाँलाई सोही दिन अस्पतालबाट घर पठाइएको थियो । शुक्रबार र आइतबार उहाँले नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पु¥याइएको बताइएको छ । (रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्