काठमाडौं, ७ जेठ । नेकपाका नेता एवम् सांसद झलनाथ खनालले आफूलाई नवगठित पार्टीमा वरियताबारे अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग कुरा राखेको सुनाए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम संघीय संसद् (राष्ट्रिय सभा ÷प्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्तुत गरेपछि संसद भवन परिसरमा आज पत्रकारहरुसँग प्रतिक्रिया दिने क्रममा यस्तो बताएका हुन ।
उनले भने,‘मैले आज सचिवालय बैठकमा प्रष्ट रुपमा असन्तुष्टि राखेको छु । वरियताबारे केन्द्रिय नेतृत्वसँग कुरा राखेको छु । नेतृत्वले केही निर्णय गरेन भने म मिडियासामू कुरा राख्छु ।’