Logo

साँढे ३३ केजी सुन काण्ड : नाईके गोरे पक्राउपछि सार्वजनिक-फोटो फिचर



काठमाडौं, ८ जेठ । साँढे ३३ केजी सुन तस्करी काण्डका नाइके गोरे भनिने चुडामणि उप्रेती आज पक्राउपछि सार्वजनिक गरिएको छ । गोरेलाई विहान करिव ५ः ३४ बजेतिर काठमाडौं गौरिघाट क्षेत्रबाट पक्राउ गरिएको हो । गृह मन्त्रालयको विशेष छानबिन समितिले मंगलबार अपरान्ह पौने एक बजे पत्रकार सम्मेलनपछि सार्वजनिक गरेको हो ।

विमानस्थलबाट हुँदै आएको सुन तस्करी गिरोहका नाइके गोरेलाई भारतबाट पक्राउ गरिएको हो । गोरेलाई आजै मोरङ पठाइने छ । मोरङमा साढे ३३ किलो सुन तस्करी काण्डका अभियुक्तका सम्बन्धमा सुनुवाई भइरहेको छ । उनलाई भारतको सिक्किमबाट पक्राउ गरिएको भन्ने बुझिएको छ ।

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार एक पूर्व्डिआइजी, ६ प्रहरीसहित हिरासतमा रहेका २९ जना र फरार ३४ जनाबिरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ ।

पूर्व्डिआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत, डीएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल र जवान बिष्णुबहादुर खड्कासहित ७ प्रहरी, हिरासतमा रहेका अन्य २२ सहित ६३ जना अभियुक्तबिरुद्ध जिल्ला अदालत मोरङमा अभियोगपत्र दर्ता गरेको सरकारी वकिल कार्यालयले जनाएको हो।

दुलालका अनुसार २०७० साल यता ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम ( करिब ३८ क्विन्टल) सुन तस्करी गरेको भन्दै १७ अर्ब १ करोड ८१ लाख बिगो माग गरिएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा हालसम्म बालकृष्ण श्रेष्ठ, विरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, लालबहादुर मगर, पुण्यप्रसाद लामा, कपिलराम गिरी, गोपाल कुमार श्रेष्ठ, भुुजुङ गुरुङ, हेमन्त गौतम, सम्बीर प्रसाद तोलाङ्गी, राजु महर्जन, टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, नरेन्द्र कार्की, लाक्पा शेर्पा, महाविर प्रसाद गोल्यान (चाचाजी), राजन थापा, राजेन्द्रकुमार शाक्य, अमरमान डंगोल, तुलाराम थारु, राजन कुमार, मदनप्रसाद घिमिरे, पक्राउ परेका छन् । सरकारी वकिल कार्यालय र प्रहरीले छानबिन सकेपछि ६३ बिरुद्ध बुधबार मुद्दा दर्ता गरेको हो।

तस्बिर-मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्