Logo

५ वर्षअघिका साईकलमन्त्री कसरी बने करोडपति ?



जेठ १०, काठमाण्डौ । केही दिनअघि मात्रै नेपाल कम्युनिष्ट पार्टीको नाममा कम्युनिष्ट दल गठन भएको छ । त्यही कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार छ । सरकारमा रहेका सबै मन्त्रीहरु पनि कम्युनिष्ट नै हुन् । मन्त्रीहरुले सम्पत्ति विवरण सार्जजनिक गरेपछि विभिन्न तर्कहरु दिन थालिएको छ ।

संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँग पैसा नभएको भन्दै गएको चुनावमा देश विदेशबाट चन्दा संकलन गरिएको थियो । तर अहिले सम्पत्ति विवरणमा भने उनीसँग प्रशस्तै धन सम्पत्ति भएको खुलासा भएको छ ।

सम्पत्ति विवरणमा पण्डितले सवारी साधनका नाममा आफूसँग एक थान पुरानो साइकल रहेको उल्लेख गर्दै अरु सवारी साधन नभएको भनेर गरिब देखिन खोजेका छन् ।

तर उनीसँग लाखौँ रुपैयाँ बैँक व्यालेन्स, घर, जग्गा, सुन लगायतका सम्पत्ति रहेको छ । पण्डितले विराटनगर एक कठ्ठामा बनेको ५ कोठे घर र ललितपुर भैसेपाटीमा पत्नी विमलाको नाममा ४ आना जग्गा रहेको उल्लेख गरेका छन् ।

उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ । उनी र श्रीमतिका नाममा बैंक तथा वित्तीय संस्थामा ५५ लाख रुपैयाँ मौज्दात छ ।

अझ रोचक त के छ भने पण्डितले दुई वर्ष अघि मन्त्री बन्दा देखाएको सम्पत्ति र अहिलेको सम्पत्तिमा मेल खाँदैन ।

उनले २०७२ सालमा मन्त्री हूँदा पेस गरेको सम्पत्ति विवरणमा सर्लाहीको धनगढा–६ मा १२ कट्ठा जग्गा रहेको उल्लेख गरेका थिए । तर, त्यो अहिलेको सम्पत्ति विवरणमा छैन ।
सर्लाहीकै बसबरियामा चार बिघा पैतृक सगोलको जग्गा छ । उनीसँग विराटनगरमा एक कट्ठा जमिनमा पाँचकोठे पुरानो घर छ ।



प्रतिक्रिया दिनुहोस्