Logo

काठमाण्डौको तारकेश्वरमा बर्ड फ्लू भेटियो, हाँस कुखुरा नष्ट गरिदै



जेठ ११, काठमाण्डौ । काठमाण्डौको तारकेश्वर नगरपालिकामा बर्ड फ्लू फेला परेको छ ।

तारकेश्वर नगरपालिकास्थित वडा ६ धर्मस्थली क्षेत्रमा पालिएको हाँसमा वर्ड फ्लू भेटिएको हो ।

स्वास्थ्य सेवा विभाग अन्तरगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको पुष्टि गरेका छन् ।

त्यस क्षेत्रका किसान हिरा तामाङले पालेको हाँसमा बर्ड फ्लू भेटिएपछि हाँस र कुखुरा नष्ट गर्ने काम भइरहेको तारकेश्वर नगरपालिकाका नगरस्वास्थ्य प्रमुख
अरुणकुमार गिरीले जानकारी दिए ।

त्यस क्षेत्रमा भएका करिब पाँच हजार हाँस र कुखरा नष्ट गर्ने तयारी भइरहेका उनले ाजनकारी दिए ।

तारकेश्वर नगरपालिका, स्वास्थ्य क्षेत्रका प्रतिनिधी र स्थानीयको रोहबारमा हाँस र कुखुरा नष्ट गरिएको गिरीले बताए ।
नष्ट गरेबापत हाँसपालक किसानलाई ७५ प्रतिशत क्षतिपूपर्ति दिने निर्णय भइसकेको उनले बताए ।

बर्ड फ्लूको संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै बर्ड फ्लूविरुद्धको औषधिउपचार लगायत आवश्यक सामग्रीको वन्दोवस्तीसहि नारकेश्वर नगरपालिका तयारी अवस्थामा रहेको गिरीले जानकारी दिए ।

तस्विर : अरुणकुमार गिरी



प्रतिक्रिया दिनुहोस्