जेठ ११, काठमाण्डौ । नेपाली कांग्रेस तनहुँले पार्टी सुदृढीकरण अभियानलाई तीब्र बनाएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर कांग्रेसले आफ्ना गतिविधि बढाएको हो ।
काँग्रेसको गाउँपालिकास्तरीय बृहत् कार्यकर्ता भेला तथा वडास्तरीय कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
नेपाली काँग्रेस तनहूँको पार्टी संगठन परिचालन तथा अनुगमन अभियानअन्तर्गत शुक्रबार आबुखैरेनी गाउपालिकाको वडा ४ पुलजिप (मुग्लिङ पुल) मा कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेसको पकडलाई नमुना जिल्लाको रुपमा स्थापित गर्ने उद्देश्यले सुदृढीकरण अभियानमा लागिएको जिल्ला कोषाध्यक्ष तथा टोली संयोजक रेशम गुरुङले जानकारी दिए ।
आजको कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँको निर्देशनअनुसार गरिएको गुरुङले बताए । नेत्र गुरुङ्कको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथि केश बहादुर सुनार, टोलि सयोजक रेशम गुरुङ, टोलि सदस्य कृष्ण रुचाल, सदस्य अर्जुन अधिकारीको उपस्थिति थियो ।