Logo

काठमाडौंमा पहिलोपटक नाईस ईण्डियन एजुकेशन फेयर–२०१८ हुँदै



काठमाडौं, ११ जेठ । नेपाल र भारतको शिक्षालाई उच्च व्यवसायिकताका साथ प्रवद्र्धन गर्ने उद्देश्यसहित स्थापना भएको Nepal Indian Council for Education (NICE) ले काठमाण्डौको दरबारमार्गस्थित होटल अन्नपूर्णमा यही May 27 / 28 (जेष्ठ १३, १४) मा पहिलो पटक NICE Indian Education Fair को आयोजन गर्ने भएको छ ।

मेलामा सकेसम्म NAAC, NBA, ABET, ACBSP बाट Accredited र NIRF, QS World University Ranking, Times HigherEducation World University Ranked संस्थाहरुलाई सहभागितामा प्राथमिकता दिइएको छ ।

मेलामा भारतीय शिक्षाको क्षेत्रमा १० वर्ष भन्दालामो अनुभव भएका परामर्शदाताहरुको पनि सक्रियता रहने भएकोले विद्यार्थी तथा अभिभावकहरुले भरपर्दो जानकारी लिई स्तरीय संस्था र विषयछनौट गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।

दुई दिनसम्म चल्ने मेलामा ३० भन्दा बढी शैक्षिक संस्थाहरुको संलग्नता रहनेछ । मेलाको व्यवस्थापन Array International ले गर्ने छ भने एयरलायन्स पार्टनरको रुपमा भुटान एयरलायन्स रहेको आयोजकले जनायो । त्यस्तै,Bhutan Airlines ले NICE का सदस्यमार्पmत अध्ययन गर्न जाने विद्यार्थीहरुलाई हवाई भाडा दरमा विशेष सहुलियत प्रदान गर्ने भएको छ ।

NICE का अध्यक्ष द्विराज शर्माद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ,‘नेपालबाट भारत अध्ययानार्थ जाने प्रवृती पुरानै भएपनि केही वर्ष यता भारत जाने विद्यार्थी संख्यामा उल्लेख्य रुपमा वढोत्तरी भइरहेको छ । ८०० भन्दा बढी विश्वविद्यालय र ३८००० भन्दा बढी कलेजका साथै भारत विश्वको तेश्रो ठुलो शैक्षिक संस्थाको सञ्जाल भएको देश हो । यति धेरै संस्थाहरुको बीचबाट गूणस्तरीय र प्रतिष्ठित संस्थाछनौट गर्ने कार्य नेपाली विद्यार्थीहरुको लागि थप चूनौतीपूर्ण वन्दै गइरहेको छ । साथै विद्यार्थीलाई विभिन्न प्रलोभन देखाई भड्किलो प्रचार बाजी र विज्ञापनगर्ने प्रवृतिका कारण नेपाली विद्यार्थीहरु निम्नगुणस्तरका कलेजहरुमा पुगी पढाईमा सम्झौता गर्नुपर्ने परिस्थितिलाई मध्यनजर गरी एउटै थलोबाट भारतका प्रतिष्ठित संस्थाहरुको बारेमा यथार्थ जारकारी र परामर्श प्रदान गरी छात्रवृति समेत उपलब्ध गराउने उद्देश्य लिएर यो मेलाको आयोजना गरिएको छ ।’



प्रतिक्रिया दिनुहोस्