Logo

स्तरीय कलेज खोज्दै भृकुटीमण्डपको मेलामा



काठमाडौं, ११ जेठ । एसइई र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरु स्तरीय कलेजको खोजीमा जुटेका छन् ।

राजधानीको भृकुटीमण्डप जारी शैक्षिक मेलामा आउनेको संख्या बढिरहेका छन । शैक्षिक मेलाको दोस्रो दिन शुक्रबार कलेजको खोजी गर्दै आउनेमा विद्यार्थी मात्रै नभई अभिभावक समेत उत्तिकै संख्यामा छन् ।

उत्कृष्ट शिक्षा स्वदेशमै पाइन्छ भन्ने जानकारी दिन एउटै छानामुनी एक सय ५० भन्दा बढी उच्च शिक्षा अध्ययन गराउने कलेजको स्टल भएकाले विद्यार्थी र अभिभावकले सहजै आफूले खोजेजस्तो कलेज छनौट गर्न पाउछन् । मेलामा विद्यार्थी र अभिभावकको रोजाइरहेका ठूला र उत्कृष्ट कलेजहरुले स्टल राखेका छन् ।

एसइइ दिएर बसेका कतिपय विद्यार्थीहरु मेलामै भएका कलेजमा अध्ययन गर्न बिज्रकोर्ष समेत गरिरहेका छन् । जुन कलेजमा अध्ययन गर्न चाहेको हो, त्यही कलेजको स्टलमा अवलोकन गरेपछि थप सहज हुने कलेज सञ्चालकहरु बताउँछन् ।

आमाबुबा विदेश हुने विद्यार्थीहरु हजुरबुबा वा अन्य आफन्तलाई साथमा लिएर आउने विद्यार्थीहरु पनि छन् । परीक्षा दिएर नतिजाको पर्खाईमा रहेका र बिज्रकोर्ष गरिरहेका विद्यार्थीहरु आफूले अध्ययन गर्न चाहेको कलेजको खोजी गर्दै मेलामा आउने गरेका छन ।

एसइइ र १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर गरिएको मेलामा अपेक्षा गरिएभन्दा बढी विद्यार्थी आइरहेको आयोजकले जनाएका छन् ।

‘आउनुहोस, मेलामा रहेका कलेजहरुको स्टल भिजिट गर्नुहोस,’मेला आयोजक समितिका संयोजक लोकबहादुर भण्डारीले भन्नुभयो,‘कुन कलेजमा के बिषय पढाई हुन्छ ? शुल्क कति छ ? के के सुविधा छन ? बुझ्नुहोस ।’ नतिजा आएपछि हरेक कलेज धाउनु भन्दा अहिले नै कलेजहरुको बारेमा बुझन सहज हुने आयोजकले जनाएको छ । एकै ठाउमा सबै कलेजको अवलोकन गर्दा समयको समेत बचत हुने आयोजकले जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेर सुरुवात भएको मेलामा विदेशी विश्वविद्यालयबाट
सम्बन्धन प्राप्त कलेजको स्टल समेत रहेका छन् । मेलामा ११ देखि स्नातकोत्तर तहसम्म अध्ययन गराउने कलेजको स्टल राखेका छन् । १२ कक्षापछि आइटी, बीबीए अध्ययन गर्न
चाहने विद्यार्थीहरुले यी कलेजको स्टलबाट लाभ लिन सकिन्छ ।

त्यस्तै ‘ए’ लेभल अध्ययन गर्न चाहने विद्यार्थीले पनि यो मेलाबाट फाइदा लिन सक्छन् । मेलामा ए लेभल अध्ययन गराउने कलेजको पनि स्टल रहेका छन् । ‘साधारणदेखि प्राविधिक शिक्षासम्म अध्ययन गराउने कलेजको स्टल एउटै छानामुनी छन्,’मेला आयोजक हिसानका अध्यक्ष रमेश सिलवालले भन्नुभयो, ‘मौकाको फाइदा उठाउनुहोस् ।’

मेलामा त्यही कलेजका विद्यार्थी, शिक्षक र सञ्चालकले परामर्श दिइरहेका छन् । ‘कुन बिषय किन अध्ययन गर्ने भन्ने ? विद्यार्थीको रुचीको बिषयको कत्तिको स्कोप छ ? त्यसको बारेमा हामी जानकारी दिन्छौ,’सीसीआरसी कलेजका पमुख हरि लामिछानेले भन्नुभयो,‘हामी आफ्नो कलेजको मात्रै प्रमोशन गरिरहेका छैनौ । विद्यार्थीको करिअर काउन्सिलिङ पनि गरिरहेका छौ ।’ कतिपय कलेजको स्टलमा बास्केट बल खेल्न पाउने व्यवस्था छ ।

मेलाको आकर्षण

–एउटै छानामुनी एक सय ५० भन्दा बढी कलेजको स्टल
–अभिभावक र विद्यार्थीको रोजाईमा रहेका उत्कृष्ठ कलेजको बारेमा बुझन सकिने
–एकै ठाउँमा कुन कलेजमा के पढाई हुन्छ ? कति शुल्क लाग्छ ? सुविधा के छ ? थाहा पाउन सकिने
–त्यही कलेजका पूर्व विद्यार्थी र अध्ययनरत विद्यार्थीसंग कलेजको बारेमा जानकारी लिने मौका
–कलेजका शिक्षक र सञ्चालकसंग सिधै कुरा गर्न सकिने
–अध्ययन गर्न चाहेको बिषय कुन कलेजमा पढाई हुन्छ ? बुझन सकिने
–विदेशी विश्वविद्यालयको कलेजमा पढाई हुने बिषयको जानकारी लिन सकिने
–निःशुल्क प्रवेशको व्यवस्था



प्रतिक्रिया दिनुहोस्