Logo

कांग्रेसको संगठन सुदृढीकरण कार्यक्रम तिब्र, बन्दिपुर गापाको वडास्तरीय भेला सम्पन्न



जेठ १२, काठमाण्डौ । गएको चुनावमा अनपेक्षित पराजय बेहोरेको नेपाली कांग्रेसले संगठन सृदृढीकरणलाई तिब्रता दिएको छ ।

काँग्रेस तनहुँले जिल्लाका चार वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी १० वटा स्थानीय तहमा रहेका ८५ वटै वडामा अभियानकै रुपमा पार्टी सुदृढिकरणका कार्यक्रम अगाडि बढाएको छ ।

काँग्रेसले जिल्लाका सबै गाउँपालिका र नगरपालीकाहरुमा अनुगमन कर्ता समिति, हरेक वडामा संयोजक तोकेको छ । अभियान अन्तरगत हरेका वडा र वस्तिहरुमा काँग्रेसको वर्तमान अवस्था, प्रतिपक्षको रुपमा खेल्न सकिने भूमिका, पार्टी अनुशासन र संगठन विस्तारमा खेलिने रणनीतिका विषयमा छलफल गर्नुका साथै पराजित भएका स्थानीय तहमा छाया सरकार गठन गर्ने भएको छ ।

कांङ्ग्रेस तनहु कार्यसमितिको निर्देशन अनुसार बन्दिपुर गाउँपालिकाको वडा न २ को भेला आज सम्पन्न भएको छ ।

वडा सयोजक राजु श्रेष्ठको सभापतित्वमा सम्पन्ना भेलाको अतिथि रामचन्द्र अधिकारी, टोली सयोजक सहदेब अधिकारी, जिल्ला कोषध्याक्ष रेशम गुरुङ, टोलि सदस्य उत्तम लोहनी, बिपिन गुरुङ र सुरेश भट्टराई र बन्दिपुर गाउँ समितिका सभापति कर्ण खत्रीको उपस्थिति थियो ।

त्यसैगरी तनहुँ कांग्रेसका पुराना नेता मणि कुमार प्रधान र मोतिलाल गुरुङको पनि भेलामा उपस्थिति थियो । गुरुङ २०३८ सालका प्रधानपञ्चसमेत हुन् ।

कांग्रेस तनहुँले योजना तर्जुमा कार्यान्वयन प्रक्रियामा नियम विपरित भएमा रोकथामका लागि आवश्यक कदम चाल्ने, डेलिगेशन जाने, ज्ञापनपत्र बुझाउने जस्ता काम गर्दै जनताप्रति उत्तरदायी बन्ने अभियानलाई तिब्रता दिइने तनहुँ कांग्रेसका कोषाध्यक्षसमेत रहेका रेशम गुरुङले बताए ।

धर्ना, जुलुस परिचालनका साथै आर्थिक तथा निर्णय प्रक्रियामा अनियमितता भएमा न्यायिक निकायमा निवेदन, उजुरी दिने, सोको रोकथामका लागि कदम चाल्ने गुरुङको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्