काठमाडौं १२ जेष्ठ । पञ्चावती सद्भाव समाजको चौथो साधारण सभा सम्पन्न भएको छ । समाजका अध्यक्ष ओमबहादुर राउतको सभापतित्व र संरक्षक राधारमण उपाध्यायको प्रमुख आतिथ्यतामा चौथो वार्षिक साधारण सम्पन्न भएको हो । साधारण सभाले नेपाल सरकारका पूर्व सचिव मधुरमण आचार्यको नेतृत्वमा २४ सदस्यीय कार्य समिति चयन गरेको छ ।
सभाले अध्यक्ष मधुरमण आचार्य, उपाध्यक्षहरु – हिराबहादुर श्रेष्ठ, विष्णुप्रसाद ढुङ्गाना, प्रदिपकुमार निरौला, बोधकुमार घिमिरे, हरिप्रसाद तिम्सिना, श्रीमती पार्वती राउत, अमृत ध्वज राईलाई चयन गरेको छ भने महासचिव पद्मराज कार्की, सचिव विष्णुबहादुर खड्का र कोषाध्यक्षमा केदार प्रसाद आचार्यलाई विजयी भएका छन् ।
ओमबहादुर राउत, विश्वराज ढुङ्गाना, डिल्लीरमण आचार्य, श्रीमती विन्दा कोईराला, दिनानाथ दाहाल, बालकृष्ण पोखरेल, शंकर खत्री, उद्धवप्रसाद काफ्ले, श्रीमती मिरा भट्टराई, मुकुन्द बहादुर कालिकोटे, जितबहादुर खड्का, लिलाभक्त राउत, दानबहादुर मगर र जगन्नाथ काफ्लेलाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ ।
राष्ट्रिय गीतबाट आरम्भ भएको समाजको चौथो साधारण सभाले कार्यसमितिका उपाध्यक्ष स्व. चतुरबहादुर राईप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको थियो । सभाले २०७४ मंसीरको प्रतिनिधि सभा उदयपुर क्षेत्र नं. २ का उम्मेदवार तथा संस्थाका सल्लाहकार नारायणबहादुर कार्कीमाथि गरिएको बम विस्फोटको खेद प्रस्ताव पारित गर्दै उपचारको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेको थियो ।
साधारण सभामा समाजका महासचिव पद्मराज कार्कीले प्रतिवेदन पेश गरेका थिए भने आन्तरिक आय–व्यय कोषाध्यक्ष केदारप्रसाद आचार्यले गरेका थिए । निर्वाचन समितिको संयोजकमा समाजका सल्लाहकार ईश्वरप्रसाद निरौला, मदन निरौला र रिता थापा सदस्यमा रहेका थिए ।
साधारण सभालाई सम्बोधन गर्दै विशिष्ठ अतिथि माननीय सांसद सुरेशकुमार राई (हिमाल) ले जनताले विश्वास गरेर जुन मतले विजयी गराउनुभयो त्यो अभिमतको कदर गर्दै विकास निर्माणमा दत्तचित्त भएर लागि रहेको जानकारी गराए ।
अतिथि उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केपछाकी मगरले भने–गाउँपालिकाको शिक्षा, स्वास्थ्य, खानेपानी, सडकको विकास र विस्तार नभै गाउँको विकास हुँदैन त्यसकारण सम्बन्धित क्षेत्रका मन्त्री, सांसाद र स्थानीय जनप्रतिनिधिहरुसँग मिलेर गाउँको विकासमा जोड दिनेछु ।
साधारण सभालाई प्रमुख अतिथि राधारमण उपाध्याय, मधुरमण आचार्य, ईश्वर प्रसाद निरौला, पूर्व सांसद दुर्गा परियार, ओमबहादुर राउतले सम्बोधन गरेका थिए ।