Logo

नीति तथा कार्यक्रमलाई लिएर मन दुखाउनुपर्ने कारण छैन : ओली



काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमलाई लिएर मन दुखाउनुपर्ने कारण नभएको बताएका छन् । उनले अघि भने,‘मेरो घरमा सोलार बाल्छु भनेको होइन, देशभर लोडसेडिङ अन्त्य गर्छु भनेको छु । विकास गर्छु भनेको छु । ’

अब नेपाललाई गरीब रहन नदिने भन्दै ‘चारा’कै लागि भौतारिनु पर्ने अवस्था आउन नदिने बताएका छन् ।

संघीय संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका सवालको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कतिपयले नीति तथा कार्यक्रम महत्वाकांक्षी भनेकोपनि त्यो आफूलाई स्वीकार्य भएको बताए ।

सम्बोधनको क्रममा ओलीले भने,‘केही वर्ष्भित्र बिरामी हुँदा उपचार गर्न सकिन भन्ने नेपाली नहोस् । आफूले पाएको अधिकारसम्म पुग्ने बाटो पाइन भन्ने नेपाली नहोस् । हामीले यी काम गर्नकै लागि आकांक्षाहीन नीति नल्याएका हौे ।

प्रम ओलीले आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्र र त्यसलाई निर्यात प्रवद्र्धन गर्ने योजना सहित नीति तथा कार्यक्रम आएको पनि बताए ।

 



प्रतिक्रिया दिनुहोस्