Logo

सिन्धुपाल्चोकमा काङ्ग्रेसका अगुवा कार्यकर्ता प्रशिक्षण  सम्पन्न 



चौतारा १३ जेष्ठ । नेपाली काङ्ग्रेस जिल्ला समिति सिन्धुपाल्चोकको आयोजना साविक तिनै क्षेत्रका अगुवा कार्यकर्ताहरुको भेला सम्पन्न भएको छ ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यमा सम्पन्न प्रशिक्षणमा एक हजारभन्दा बढी नेपाली काँग्रेस भातृसङ्गठनका कार्यकर्ताहरुको सहभागी थियो ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले भन्नुभयो– नेका चुनावमा पराजित भएपनी अब गाउँ केन्द्रीत कार्यक्रम लिएर बिपक्षीहरुले गरेको काम कारवाही निगारानी गर्नुपर्ने र पार्टीलाई प्रशिक्षण सहितको कार्यक्रम लिएर गाउँ गाउँ जानु पर्ने बताए ।

बस्नेतले भदौबाट नेपाली काँगेसले ७७ वटै जिल्लामा नयाँ रणनीतिक कार्यक्रम लिएर जान लागेकोले सबैले काङ्ग्रेसलाई दरो बनाउन लागि पर्न निर्देशन दिए ।
अहिलेको सरकार तानाशाही हुन लागेको भन्दै काङ्ग्रेसले मात्र तानाशाही हुनबाट रोक्न सक्ने बस्नेतको भनाइ थियो । जिल्ला सचिव झलक नेपालको सभापतित्वमा प्रशिक्षण कार्यक्रम  सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्