Logo

उपेन्द्र यादवको प्रश्न : नेपालको पनि परराष्ट्र नीति छ र ?



संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति आपफूहरुको गम्भिर विमति रहेको बताएका छन् । यादवले सरकारले संविधान संशोधन लगायत आफ्ना माँगहरुको बारेमा केही पनि नबोलेको आरोप लगाएका छन् । यादवसँग पत्रकार ऋषि धमलाले नेपाल रेडियो नेटवर्कको नियमित कार्यक्रम ‘नेपाली बहस’का लागि गरेको कुराकानीको सम्पादित अंश :

तपाईले नीति तथा कार्यक्रमका बारेमा धारणा राख्नु भएन नि ? किन जनता जान्न चाहन्छन् ।

राखि सकेका छौं । हाम्रो पार्टीको तर्फबाट राख्ने हो । पार्टीका सांसदले राख्ने होईन पार्टीको तर्फबाट राख्ने हो राखि सकिएको छ ।

उपेन्द्र यादवको मुखबाट सुन्न चाहन्छन् नि त जनता ?

जुन मेरो पार्टीका नेताले राख्नुभएको छ । त्यो मेरो पनि धारणा हो ।

उसो भए नीति तथा कार्यक्रममा यहाँहरुको विमती छ ?

विमति छ ।

कुन–कुन बुँदामा छ ?

अहिलेको नेपाल के हो ? संघीय गणतन्त्र नेपाल हो । देश संघीय गणतन्त्र छ भने नीति तथा कार्यक्रम पनि संघीय गणतन्त्र नेपालकै अनुसार हुनुपर्छ । अहिले मुलुकको आवश्यकत्ता संविधान संशोधन हो । त्यसको बारेमा नीति तथा कार्यक्रम मौन छ । देशमा ४ वटा उद्योगहरु छन् । धरैजसो उद्योग बिदेशी बनाई दिएर अत्याधिक मुनाफा कमाएका कलाकारखानाहरु निक्कै जर्जर छन् । त्यसको बारेमा सरकार बोलेको छैन् । कृषिलाई आधुनिकरण गर्ने र यूवालाई रोजगार दिने कुरा छैन् । अहिले हाम्रो देशको जस्तो स्तरहिन गुणस्तरहिन शिक्षा संसारमा कहीँ पनि छैन् । नामको मात्रै शिक्षा छ । खर्च अधिक भएको छ । स्वास्थ्य जनताले उपभोग नपाएको स्थिति छ । जति धेरै जनता बिरामी भए त्यति ठिक भएको जस्तो गरिँदैछ । अस्पतालहरुले व्यापार गरिराखेका छन् । गरिबहरु मरिहरका छन् । नागरिकताका बारेमा कुनै कुराहरु उल्लेख छैन् । कुरा गरेर हुन्छ । पञ्चायतमा पनि कृषिमा आधुनिकिकरण गर्ने, उद्योग खोल्ने भन्ने गरिन्थ्यो । यस्ता अमुर्त शब्दको खेल्यो गरेर देशको विकास हुँदैन । भूमाफियाहरुलाई निरुत्साहित पार्ने खालका स्पष्ट आधार खोई ? भनेर हुन्छ ।

सडक, उर्जा र पुर्वाधारका कुराहरु आएका छन् नि ?

आजका दिनसम्म राजनीतिक आन्दोलन बाँकी छ । प्रदेश सरकारले कुनै काम गर्न सकेको छैन् । न तल न माथिको जस्तो भएको छ । स्रोत नभएको स्थिति छ । संघीय प्रणालीको बारेमा लेखिएको राजनीतिक क्षेत्रमा पाईन्छ होला । नि तपाइले पढेपनि हुन्छ । पढाएपनि हुन्छ । संघीय देशमा जबसम्म प्रदेशहरु स्वायत्त हुन सक्दैन, प्रदेश सम्पन्न हुन सक्दैन् तबसम्म संघीयता पूर्ण रुपमा कार्यान्वयन हुँदैन ।

प्रदेश सरकारलाई निकम्मा बाउन खोजेको भन्न मिल्छ र ?

त्यसो होईन । संघीयतालाई नै धरापमा पार्ने काम भएको छ । नीति तथा कार्यक्रमले यही भनेको छ । धेरै कुराहरु समावेश गर्न सकेको छैन् । बकम्फुसे कुरा गरेर हुँदैन । कंक्रिटमा कुरा आउनुपर्यो । टु दि पोईन्ट ।

फोरमलाई सरकारबाट हटाउने र राजपालाई सरकारमा लिने कुरा उठेको छ नि ?

किन ढिला गरेको होला । हामीलाई कुनै हतार छैन् । कुनै गुनासो छैन् । हामी कसैलाई रोक्दैनौं । राजनीतिक सहमति भएको खण्डमा हामी सरकारमा जान्छौं । प्रधानमन्त्रीले संविधान संशोधनको बारेमा सुझबुझ गर्नुभयो भने हामी तयार छौं । हामीले सहमति खोजेका छौं ।

सांसदलाई फरक शीर्षक दिएर बजेट दिने भनेको छ, तपाई के भन्नु हुन्छ ?

सरकारले कहाँ भनेको छ ? त्यो मलाई थाहा छैन् । मेरो विचारमा सांसदलाई विद्यायिकाको रुपमा मात्रै राख्नुपर्छ । जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपति हुनुपर्छ । मेरो पहिलेदेखि म यसैमा अडिग छु । जन्मजात नै म प्रत्यक्ष राष्ट्रपतिको पक्षमा छु । विज्ञसँग सुझाव लिने र मुलुक अनि जनताको भलाई हुन्छ ।

प्रचण्ड र तपाईको केमिष्ट्रि मिल्छ होईन त ?

खोई पहिले हुनुहुन्थ्यो । अहिले के हुनुहुन्छ ? मलाई थाहा भएन ।

एमालेमा माओवादी विलय भएकै हो त ?

एमालेको नीति र कार्यक्रमको अनुसार नेकपामा माओवादीको कुनै गन्ध छैन् । त्यत्रो युद्ध लडेर आउनुभएको हो । शहिदहरु, वेपत्ताहरु, घाईतेहरुको नाममा कुनै एक शब्द खर्चिन सकेका छैनन् । आजको दिन ल्याउनका लागि जीवन बलिदान गर्नु भएका सहिदहरुको नामा कुनै शब्द नीति तथा कार्यक्रममा परेको छ ? त्यसैले नीति तथा कार्यक्रम पढ्दाखेरी दुःख लाग्छ ।

तपाईको विचारमा सरकारका सय दिन सफल कि असफल ?

आंशिक सफल । आधा असफल ।

सरकारका मन्त्रीहरुले सबैले सफल भयो भनेर भनेका छन् ?

मन्त्रीहरु सबै सफल छन् । जनताको लागि होईन । आफ्ना लागि सफल छन् । जनताको पक्षमा थोरै काम भएका छन् । राज्यले तत्काल गर्नुपर्ने काम गर्न सकेको छैन् ।

नेपालको परराष्ट्र नीति निकम्मा बन्यो भनेर भन्छन् त ?

नेपालको पनि परराष्ट्र नीति छ र ? व्यक्तिपिच्छे नीति र विधि छ । समय–समयमा हल्ली रहन्छ । विदेशी कुटनितिज्ञहरुले नेपालको नीति नभएको जस्तोगरि हँसीमजाक गर्छन ।

नयाँ थिंक ट्याङ्क बनाएर अघि बढ्ने भनेको छ सरकारले ?

म जन्मेदेखि आजसम्म यस्ता थिंक ट्याङ् कति सुने कति ? नीति भएको यस्तो हुँदैन । मौका अनुसारको विदेश नीति छ भन्छ ।

ओली र मोदीको क्यामेष्ट्रि मिल्यो होईन ?

भारत र नेपालबीचमा राम्रो सम्बन्ध हुनुपर्छ । व्यक्तिको कुनै कुरा हुँदैन ।



प्रतिक्रिया दिनुहोस्