Logo

भवन भट्टको खुलासा : मेरो जापानमात्रै २९ अर्बको व्यापार छ



काठमाडौं, १३ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले आफ्नो जापानमा मात्रै करिब २९ अर्बको व्यापार तथा व्यवसाय रहेको खुलाएका छन् ।

आज राति ८ः०० बजे हिमालय टेलिभिजनबाट प्रशारण हुने ‘धमलाको हमलामा’ पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष भट्टले यस्तो खुलासा गरेका हुन् । उनले आफूले जापानमा विभिन्न २४ वटा क्षेत्रमा लगानी गरेको पनि सुनाए ।

देशको विकास र समृद्धिको लागि आफूहरु निरन्तर लागिपरेको बताउँदै उनले आगामी दिनमा नेपालमा अर्बौको लगानी भित्र्याउँने विश्वास दिलाए । नेपालको विकास र समृद्धिको अभियानमा अहिले भट्ट देश दौडाहमा छन् ।

सन् २००२ मा भवन भट्ट जापानको टोकियोमा विभिन्न रेष्टुरामा काम गरेर आफनो जीवनलाई चलाउँथे। त्यति नै बेला गैरआवासीय नेपाली अभियान सुरु गर्ने तरखर हुँदै थियो ।



प्रतिक्रिया दिनुहोस्