काठमाडौं, १३ जेठ । कलमकर्मीहरुको साझा मञ्च शैक्षिक अभियानले यो वर्षको ‘जर्नालिज्म पर्सानिलिटी अवार्ड–२०१८’ बाट रिपोर्टर्स क्लब नपालका सभापति ऋषि धमलालाई सम्मान गरेको छ ।
आईतबार काठमाडौंमा आयोजित ‘उच्च शिक्षा (स्वदेश तथा विदेश) को अवसर र चूनौतिमा वर्तमान सरकारको कानूनी भूमिका ?’ विशेष अन्तरक्रियामा पत्रकार धमलालाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ र अभियानका सभापति अभियानका मिन अधिकारीले उक्त सम्मान गरेका हुन् ।
धमलालाई प्रदान गरिएको सम्मानपत्रमा भनिएको छ,‘‘तपाई श्री ऋषि धमलाले नेपालको पत्रकारिताको क्षेत्रमा लामो समयदेखि अत्यन्तै क्रियाशिल, लगनशील, मेहनती र क्षमतावान पत्रकारको रुपमा सर्वत्र चर्चा कमाउनु भएको साथै समाज रुपान्तरणमा सञ्चार माध्यमको तर्फबाट खेल्नुभएको भूमिकालाई उच्च मूल्यांकन गर्दै यो वर्षको ‘जर्नालिज्म पर्सानिलिटी अवार्ड–२०१८’ बाट सम्मान गर्दछौं ।’
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कानूनमत्री तामाङले शैक्षिक क्षेत्रमा माफियाको जालो तोड्ने उद्धघोष गरे । उनले मुलुकमा विद्यमान सबैखाले शैक्षिक समस्याहरुलाई हल गर्नको लागि आफूहरुले प्रभावकारी कदम चाल्ने बताए ।