जेठ १४, काठमाण्डौ । सरकारले संविधान संशोधन गर्ने भएको छ । संघीय समाजवादी फोरमको मागअनुसार सरकार संविधान संशोधन गर्न तयार भएको हो ।
संविधान संशोधनबारे नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुईबुँदे सहमति भएको हो । सरकार आपसी सहमतिका आधारमा संविधान संशोधन गर्न तयार भएको छ ।
सहमतिसँगै फोरम सरकारमा जान तयार भएको छ ।
यस्तो छ दुई बुँदै सहमति
१, संघीय समाजवादी फोरम नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसि सहमतिका आधामार संविधान संशोधन गरिनेछ । सरकारद्धारा गर्न सकिने कामहरु सरकारको नीति र कार्यक्रममा समावेश गरिने छ । उपरोक्त कार्यहरु आन्तरिक गृहकार्य गरी सहमतिमा समाधान गरिनेछ ।
२, उपरोक्त सहमतिका आधारमा संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागि हुनेछ ।
सहमतिमा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा फोरमका अधयक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन ।