Logo

म अघिअघि, राजपा पछिपछि सरकारमा आउँछ : उपेन्द्र यादव



काठमाडौं, १५ जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नम्बर २ को सरकारसँग आफूहरुको गठबन्धन नटुट्ने बताएका छन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा अध्यक्ष यादवले २ नम्बर प्रदेशको सरकार फेरबेदल नहुने जिकिर गरेका छन् । त्यस्तै यादवले आफूहरु सरकारमा जाने भएकोले को को मन्त्री बनेर जाने भन्नेबारे अहिलेसम्म टुँगो नलागेको स्पष्ट पारे । उनले भने,‘सरकारमा जाने कुरा एक दुई दिनमा टुँगो लाग्छ ।’

आफूहरुले राजपा नेपाललाई पनि सरकारमा जाने ताल्चा खोलिदिएको जिकिर गरे । ‘हेर्दै जानुहोला ऋषिजी, म अघिअघि राजपा पछि–पछि सरकारमा आउँछ, किनकी उनीहरुको पनि चाहना सरकारमै जाने हो, सरकारसँग हामीले संविधान संशोधनमा सहमति गरेका छौें ।’ राजपासँग हाम्रो गठबन्धन तोडिएको छैन् ।’–उनले भने।

राजपाले आफ्नो पार्टी सरकारमा जाने भएपछि विरोधमा विभिन्न अभिव्यक्ति दिएको उल्लेख गर्दै अध्यक्ष यादवले भने,‘राजपाका नेताहरु सरकारमा जानको लागि खुट्टा उचालिरहेका थिए, मैले बाटो खोलिदिएँ, अब उनीहरुपनि सरकारमा आए हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्